उम्मेदवारलाई समर्थन गर्दै फिर्ता लिनुले गुटबन्दीको झल्को दियो- गणेश कार्की
१२ आषाढ़, २०८३, शुक्रवार
- उनले यहि अधिवेशनमा सभापतिले उदघाटन गर्दै अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन भनेको उल्लेख गर्दै सभापतिको भनाइ सेलाउन नपाउदै उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको र त्यसले सभापतिको भनाइलाई खिल्ली उडाएको बताएका छन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले पदाधिकारीको निर्वाचनमा गुटबन्दी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
महामन्त्रीको उम्मेदवार बनेका कार्कीले अर्को उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुले गुटबन्दीको झल्को दिएको बताएका छन् ।
उनले यहि अधिवेशनमा सभापतिले उदघाटन गर्दै अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन भनेको उल्लेख गर्दै सभापतिको भनाइ सेलाउन नपाउदै उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको र त्यसले सभापतिको भनाइलाई खिल्ली उडाएको बताएका छन् ।
उनले भनेका छन्- 'यसले हामीले खराब भनेको गठबन्धनको, प्यानलको झल्को दिन्छ । यो गलत भयो । यसो नगरौँ । चुनाव आउँछ, जान्छ तर पार्टीको विधि, नीति र चरित्र अलिक लामो हुन्छ । त्यसलाई बलियो बनाउने काम नेतृत्वको हो । नेतृत्वले जालझेल गर्ने र गुट बनाउने काम गर्नु हुन्न । हाम्रा कारणले पसिना बगाउँदै, नभएका पैसा सक्दै बसेका प्रतिनिधिहरूको लोकतान्त्रिक चुनावमा भाग लिने अधिकार खोस्न हुन्न ।'
कार्कीले लोकतन्त्रलाई कोठा भित्रको सहमतिले हैन, प्रतिनिधिहरूको मतले सुरक्षित र बलियो बनाउने बताउदै लोकतन्त्रको चरित्र, नीति र विधिका लागि महामन्त्रीमा उम्मेदवारी दिएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।